चन्द्रपुर,१३ माघ ।
रौतहट जिल्लामा जबर्जस्ती करणीको घटना क्रम बढ्दो अवस्थामा रहेको छ ।
गतवर्षको दा“जोमा रौतहटमा बलात्कार तथा यौनजन्य घटना र बहुविवाहका उजुरी बढ्दो क्रममा रहेको रहेको एक तथ्या“कले देखाएको छ ।
सामाजिक विकास र चेतनाका क्षेत्रमा विभिन्न गैसस् तथा अन्य निकाय कृयाशिल रहेपनि रौतहटमा भने यौनजन्य घटनामा सुधार आउन सकेको छैन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को रौतहटको मानवअधिकारको अवस्था विषयक वार्षिक प्रतिवेदनमा जिल्लामा सो विषयको उजुरी सख््या बढ्दो क्रममा रहेको जनाइएको छ ।
इन्सेकले २०७५ पुस १६ गतेदेखि २०७६ मंसिर मसान्तसम्म बलात्कार र बलात्कार प्रयास मुद्दामा कूल २७ वटा उजुरी दर्ता भएको जनाएको छ । ईन्सेकको प्रतिवेदनका अनुसार,गत वर्ष २०७४ पुस १५ देखि २०७५ पुसको १६ गतेसम्म सो विषयका कूल १३ वटा उजुरी दर्ता भएका थिए । सोही अवधिमा अपहरण,शरिर बन्धक तथा बलात्कारमा ७ वटा र बालयौन दुब्र्यवहारमा पाँच वटा उजुरी दर्ता भए । अघिल्लो वर्षको दाँजोमा यस वर्ष बलात्कार तथा यौनजन्य गतिविधिमा बृद्धि भएको पाइएको ईन्सेक जिल्ला प्रतिनिधि कोपिला तिमलसिनाले बताईन् ।
वि.स २०७५ पुस १६ गतेदेखि २०७६ मंसिर मसान्तसम्ममा बलात्कार मुद्धामा १७ वटा र बलात्कार प्रयासमा १० वटा उजुरी परेका छन् भने २०७४ पुस १५ गतेदेखि २०७५ मंसिर मसान्तसम्ममा १० वटा बलात्कार र बलात्कार प्रयासमा तीनवटा उजुरी परेका थिए । त्यसैगरि,यस अवधिमा अपहरण,शरिरबन्धक तथा बलात्कारमा पाँचवटा उजुरी परेका थिए ।
जिल्लामा विगत वर्षको दा“जोमा बहुविवाहाको घटना दर्तामा समेत बृद्धि भएको पाइएको छ । ,विसं २०७५ पुस १६ गतेदेखि २०७६ मंसिर मसान्तसम्ममा बहुविवाहका ११ वटा उजुरी दर्ता भएका छन् भने २०७४ पुस १५ गतेदेखि २०७५ मंसिर मसान्तसम्मको अवधिमा नौ वटा सो विषयको घटना दर्ता भएका जानकारी पाएको ईन्सेक जिल्ला प्रतिनिधि तिमलसिनाले बताए ।
मानवअधिकारकर्मी तथा अधिबक्ता विपिन गौतमले मानवअधिकार उल्लघनका घटना बढ्दै गए पनि समाजमा हरेक वर्गले यसको न्युनिकरणका लागि पहल गर्न लागिरहन आवश्यक रहने बताए । सबैले समयअनुसार आफैमा परिवर्तन गर्ने र आ–आफ्नो कर्तब्य पालना गरी अघि बढ्दा मानवअधिकारको रक्षा हुने गौतमको धारणा छ ।
नेपाल पत्रकार महा“सघ,रौतहटका अध्यक्ष रविन्द्र साह महिला तथा घरेलु हिंसा न्युनिकरणमा भएका सवै खाले प्रयास सकारात्मक भएपनि हिँसा न्युनिकरणमा कानुनी ब्यवस्थासंगै ब्यापकरुपमा प्रचार–प्रसारमा जोड दिनुपर्ने बताउछन् ।