चन्द्रपुर हाटबजारमा प्रतिबन्धित भारतीय खाने तेल

चन्द्रपुर,१६ माघ ।
मानव स्वास्थ्यका लागि हानिकारक मानिएको नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको खानेतेल रौतहटको विभिन्न बजारमा खुलेआम विक्री भइरहेको छ ।
स्थानीय सरकारको उदासिनताको कारण बजार अनुगमन नियमित तथा प्रभावकारी नभएपछि जिल्लामा त्यस्ता खानेतेलको विक्री खुलेआम भएको हो ।
रौतहटको सदरमुकाम गौर, पूर्वी भेग समनपुर, पश्चिममा कटहरिया, मध्यक्षेत्र गरुडा, उत्तरी क्षेत्र चन्द्रनिगाहपुर र दक्षिण भारतीय सीमा क्षेत्रका बजारमा प्रतिबन्धित मानिएको खानेतेल दो फूल निर्धक्क विक्री भइरहेको पाइएको छ ।
स्थानीय हाटबजारदेखि ठूला किराना पसलले समेत प्रतिबन्धित खाने तेल विक्री गरिरहेको पाइन्छ । प्रतिबन्धित भारतीय ब्राण्डको उक्त तेलले स्वास्थ्यमा प्रतिकुल असर पार्ने प्रमाणित भएपछि सरकारले त्यस्ता तेलको आयातमा प्रतिबन्ध लगाए पनि खुल्ला सिमानाको कारण सीमाका विभिन्न नाकाबाट लुकाई छिपाई विक्रीको लागि रौतहटका बजारमा ल्याउने गरेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष शुनिलप्रसाद जयसवालले बताए । विभिन्न किसिमका अखाद्य पदार्थ मिश्रण गरी उत्पादन गरेको दो फूल खाने तेल सुँघ्दा र हेर्दा शुद्ध तोरीको तेलभन्दा पनि उत्तम जस्तो लाग्छ तर उपभोक्तालाई गुणस्तरको बारेमा जानकारी नहुदा त्यस्ता तेल खरिद गरिरहेका छन्, भन्नु हुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सर्लाहीका प्रमुख जगत चौधरी । उनकाअुनसार बजार अनुगमन र नियमन गर्ने काम नियमित नभएको कारण अस्वस्थकर र अखाद्य पर्दाथको विक्री वितरण बढेको हो । यसको नियन्त्रण र नियमन गर्ने निकाय स्थानीय सरकार नै हो ।
भारतको बि.आर. आयल इण्डस्टिूज प्रा.ली. द्वारा उत्पादित एक फूल र दो फूल ब्राण्डका खाने तेलको ल्याब परीक्षण गर्दा मानव स्वास्थ्य अनुकुल नदेखिएको पाइएकोले उक्त तेल उपभोग गर्न नहुने गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख चौधरीले जानकारी दिए ।
यता स्थानीय तहका उप प्रमुखको संयोजकत्वमा बजार अनुगमन गरिनु पर्ने प्रावधान छ । तर बजार अनुगमनमा उप प्रमुखको चासो खासै देखिदैन । चन्द्रपुर नगरपालिकाका उप मेयर रामरती चौधरीले नगरपालिका प्रशासनको सुस्तताको कारण बजार अनुगमन कार्य नियमित हुन नसकेको बताउनु भयो । नगरपालिकामा विषयगत समिति बनेपछि मात्र बजार अनुगमन प्रभावकारी हुने उनको तर्क छ । रौतहट नगर उपमेयर क्लबका अध्यक्ष किरणकुमारी ठाकुरले बजारमा अखाद्य पदार्थको विक्री वितरण भइरहेको कुरा सुन्नमा आएको तर पछिल्लो समय बाढी र डुबानको कारण बजार अनुगमन कार्य हुन नसकेको बताईन् । चाडबाड नजिकिदै जा“दा बजारमा कालाबजारी, तौल तथा मूल्यमा ठगी, गुणस्तरहीन र प्रतिवन्धित खाद्य वस्तुको विक्रीमा तिब्रता आउने हुदा यसको नियन्त्रणको लागि सबै स्थानीय तह समयमै सजग हुनु पर्छ, उनले भनिन् ।
मिसावटयुक्त तेल प्रयोग गर्नाले मुटु तथा पेटलगायत रोगको प्रबल सम्भावना रहन्छ । मानव स्वास्थ्यसंग खेलबाड गर्ने त्यस प्रकारको वस्तुको विक्री वितरणमा नियन्त्रण गर्न सम्बन्धित नियकायले चासो देखाउनै पर्ने चन्द्रपुर अस्पतालका डाक्टर सुभाष चौधरीको अवधारणा छ ।
नेपाली खाने तेलको तुलनामा गुणस्तरहीन भारतीय खाने तेल सस्तो मूल्यमा पाइने हुँदा गुणस्तरको ख्याल नराख्ने उपभोक्ता निर्धक्क भई त्यस्ता तेल खरिद गर्छन्, भन्नुहुन्छ उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टिका घिमिरे । उहा“ले जिल्लाका १८ वटै स्थानीय निकायलाई बजार अनुगमन गर्न सुझाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles