जनज्योतीमा सरस्वती मन्दिरको उद्धाटन

चन्द्रपुर,१६ माघ ।
चन्द्रपुर नगरपालीका ६ मा रहेको जनज्योती बहुमुखी क्याम्समा सरस्वती मन्दिरको उद्धाटन गरिएको छ ।
श्री पञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर बिहिबार निर्माण सम्पन्न भएको सरस्वती मन्दिरको उद्धघाटन गरीएको हो । मन्दिर निर्माणमा चन्द्रपुर नगरपालीकाले आर्थीक सहयोग गरेको थियो ।
क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको पहल र नगरपालिकाको सहयोगले निर्मित मन्दिरको मेयर रामचन्द्र चौधरीले उद्धघाटन गरेका हुन । मेयर चौधरीले क्याम्पसका लागी नगरपालिकाले पहिला पनि सहयोग गरेको र अबका दिनमा पनि सहययोग रहने बताए । स्ववीयु सभापति संगम श्रेष्ठले स्ववियु बिद्यार्थीको हकहितमा क्रियाशिल रहदै आएको र आगामी दिनमा पनि क्याम्पसकोे स्तरोन्नती तथा बिद्यार्थीको भविष्यको सन्दर्भमा क्रियाशिल रहने बताए । मन्दिरका लागी सरस्वतीको मुर्ती भने स्थानिय नसिर आलमले सहयोग गरेको स्ववियु सभापति संगम श्रेष्ठले जानकारी दिए । ७ लाख रुपैया“ लागतमा निर्माण सम्पन्न भएको मन्दिरको बिहिबार मुर्ती प्राणप्रतिष्ठान गराई बिधि पूर्वक पुजाआजा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles