चन्द्रपुर/भेलेंनटाइनको अवसर पारेर कतारमा नेपाली कलाकारहरुले बिभिन्न प्रस्तुती देखाउने भएका छन् । एसियन दोहोरी तथा गजल क्लवको आयोजनामा कतारको दोहामा रहेको चर्चित बेष्ट वेस्टर्न प्लस होटलमा नेपाली कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाली लोकप्रिय गायक प्रकाश सपुत,गायिका प्रीति आले मगर ,बुगी उगी का डान्सर सावित्री तामांग, रबिन भुजेल डान्सर तथा मोडेल प्रियंका नेपाली र सोना गुरुङको बेजोड प्रस्तुति रहेने एसियन दोहोरि तथा गजल क्लवका प्रमुख संचालक प्रविन गुरुङले जानकारी दिए । संचालक गुरुङका अनुसार कतारमा रहेका नेपालीहरुलाई कामको थकान र दुख बिर्सनलाई उक्त पारिवारीक कार्यक्रम राखेको बताए ।
कतारमा फैलिएर बसेका नेपाली दाजुभाइ दिदि बहिनिहरुबीच आपसी सदभाव बढाउन उक्त कार्यक्रम राखिएको गुरुङले बताए । एसियन दोहोरी तथा गजल क्लव नेपाली तथा अन्य खाने परिकार र दोहोरी गीत संगीतले कतारमा चर्चित रहेको छ । उक्त कार्यक्रम फेब्रुअरी १३ गते बिहीबारका दिन हुने छ । कतारमा हुन लागेको उक्त कार्यक्रमको संचालन चर्चित संचारकर्मी तथा उद्घोषक बिबेक खतिवडाले गर्नेछन् ।