अनेरास्ववियुको २१ सदस्यीय कमिटी चयन

चन्द्रपुर / नेकपा निकट बिधार्थी संगठन अनेरास्ववियुको जनज्योति क्याम्पस रौतहट भेलाले मोहन गोलेको संयोजकत्वमा २१ सदस्यीय कमिटी चयन गरेको छ । संगठनको बुधवार बसेको भेलाले पाध्यक्षमा अजय गुरो, सचिवमा आदित्य रजक, सहसचिव जमुना कार्की र कोषाध्यक्ष सुस्मिता रानालाई चयन गरेको छ । सम्पन्न भेलाको अध्यक्षता संयोजक मोहन गोलेले गरेका थिए भने आदित्य रजकले कार्यक्रम संचालन गरेका थिए । सो समिति लाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनका केन्द्रिय सदस्य आरती भण्डारीले शपथ गराएका थिए । भेलालाई सम्बोधन गर्दै उनले देशमा भएका हरेक शैक्षिक परिबर्तन या सिमाना दुख्दा अनेरास्वबियु अग्रमोर्चामा उभिने गरेको बताए । संगठनमा लाग्दा युबाहरु कुलतमा लाग्न नपाउने भन्दै उनीहरुको भबिष्य उज्वल हुने उनले बताए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg