फर्निचर व्यवसायीको साधारणसभा सम्पन्न

चन्द्रपुर,२६ माघ ।
फर्निचर तथा फर्र्नििसङ व्यबसायी संघ रौतहटको प्रथम साधारण सभा सम्पन्न भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा भएको भेलाले प्रकाश तिमल्सिनाको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ । संघको अध्यक्षमा प्रकाश तिमल्सिना,उपाध्यक्षमा दिवाकर सापकोटा,सचिवमा दलबहादुर घलान (संजय),कोषाध्यक्ष अन्जनी सत्याल चयन भएका छन् भने सदस्यहरुमा रामबहादुर बिक, केसर बिक,ओम गिरी,कविन्द्रनाथ गोपाली,विजय अधिकारी चयन भएका छन् । कार्यक्रममा बोल्दै प्रमख अतिथी फर्निचर तथा फर्र्नििसङ ब्यबसायस् संघका केन्द्रिय अध्यक्ष राम प्रशाद न्यौपानेले दक्ष जनशक्तिको अभाव स“धै खड्कि“दा अन्य मुलुकबाट जनशक्ति आयात गर्नु पर्ने अवस्था आएको भन्दै प्रोत्साहनमुखी ठोस नीति ल्याउन सरकारसंग आग्रह गरे । मुलुकभर १० हजार फर्निचर तथा फर्र्नििसङ व्यवसायमा ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको भए पनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको गुनासो गरे । उनले प्रथम साधारण सभाबाट निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाइ मिलेर अघि बढदै फर्निचर ब्यवसायलाई अघि बढाउन अनुरोध गरे । फर्निचर तथा फर्र्नििसङ ब्यबसायी संघका केन्द्रिय अध्यक्ष राम प्रशाद न्यौपाने,मकवानपुर शाखाका अध्यक्ष गोकुल श्रेष्ठ,संघका केन्द्रिय सदस्य बद्रि हुमागाई,चान्दमल राकेचा, चंद्रपुर वडा न ५ का अध्यक्ष संजय काफ्ले,भिजिट नेपाल २०२० का रौतहट संयोजक उदय सापकोटा ( सुरेन ) संचारकर्मी सागर हुमागाई लगायतका आतिथ्यता साधारणसभा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles