कोइराला सेवा समाज रौतहट /बारा शाखा को अधिवेशन सम्पन्न

चन्द्रपुर। कोइराला सेवा समाज रौतहट /बारा शाखा को अधिवेशन सम्पन्न भएको छ । शाखाका अध्यक्ष गोबिन्द प्रसाद कोइराला को सभापतित्व तथा कोइराला सेवा समाज नेपाल केन्द्रीय उपाध्यक्ष बिनोद चन्द्र कोइराला को प्रमुख आतिथ्य मा भएको कार्यक्रममा मकवानपुर शाखाका शिव बहादुर कोइराला, गोबिन्द कोइराला,अनन्त कोइराला ले आफ्ना भनाइहरु राख्नु भएको थियो । अधिवेशन मा सचिव को प्रतिवेदन शिव कोइराला र कोषाध्यक्ष को प्रतिवेदन जनार्दन कोइराला ले प्रस्तुत गर्नु भएको थियो । अधिवेशनले आगामी ४ वर्षको लागि नया कार्य समिति को चयन गरेको छ । नया कार्य समिती को अध्यक्षमा गोबिन्द प्रसाद कोइराला पुन निर्वाचित हुनु भएको छ ।त्यस्तै उपाध्यक्ष मा बिष्णु चन्द्र कोइराला ,लेखनाथ कोइराला सचिव मा शिव कोइराला कोषाध्यक्ष मा बिष्णु हरि कोइराला साथै सदस्य मा निलहरी कोइराला ,दिल बहादुर कोइराला, मिनु कोइराला, शेषराज कोइराला, आलोक कोइराला, जनार्दन कोइराला निर्वाचित हुनु भएको छ । साथै अधिवेसन ले ५ सदस्यीय केन्द्रीय प्रतिनिधि चयन गरेको छ । केन्द्रीय प्रतिनिधि मा निरन्जन कोइराला, अनन्त कोइराला, लक्ष्मी कोइराला, मन्जु कोइराला, मेनुका कोइराला चयन हुनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles