चन्द्रपुर,२६ माघ । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा र मुद्वती बचत शिविर चन्द्रपुर नपामा सुरु भएको छ । जन ज्योती माविको प्रांगनमा आउ“दो २७ गतेसम्म शिविर संचालनमा रहने चन्द्रपुर नगरपालिकाले जनाएके छ । कार्यक्रममा पहिलो दिन करिब ५३ जना छोरीको बिमा गरिएको बेटी पढाउ बेटी बचाउ अभियान रौतहटका सह संयोजक कृष्णा साहले जानकारी दिए । २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएको थियो ।
बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैया“ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले ३ लाखको लागि पर्ने प्रिमियम जम्मा गर्नेछ भने सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएको छ । सो रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएको छ । यस अवसरमा चन्द्रपुर नपाकी उपप्रमुख रामरतीचौधरी,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्र.सिग्देल नपाका १० वडाका वडाध्यक्षहरु प्रभु बैंक का प्रतिनिधी ,बेटी पढाऊ बेटी बचाउ अभियान रौतहटका कृष्णा साह सहित वडावासीहरु ,राजनीतिक दलका प्रतिनिधि ,भद्रभलादमी को सहभागीता रहेको थियो ।
चन्द्रपुर नपामा ३ दिन सम्म संचालन हुने शिविरमा बिमा हुने छोरीहरूको घरमा सुबिसु द्वारा तीन महिनाको लागि फ्रि वाईफाई जडान गरिने जानकारी गराईएको थियो । बिमा शिविरमा बालिकाहरूको लागि निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो ।