निबन्ध प्रतियोगितामा बाल निकेतन प्रथम

चन्द्रपुर / चन्द्रपुर प्याव्सन अन्तर स्कुल निबन्ध लेखन प्रतियोगितामा बाल निकेतन मावि प्रथम भएको छ । चन्द्रपुर प्याव्सन नगर कमिटीको आयोजनामा बाल निकेतन माविमा आयोजित सो प्रतियोगितामा द्वितीय चन्द्रज्योति इङलिस आवासीय स्कुल तथा तृतीय तराई जोन एकेडेमी भएको छ । बाल निकेतनबाट सहभागी छात्रा विन ुदर्लामी मगर प्रथम, चन्द्रज्योतिका छात्र सत्यम झा द्वितीय एवम् तराई जोनका निशान अधिकारी तृतीय हुनुभएको बाल निकेतनका अतिरिक्त कृयाकलाप संयोजक जीवन बजगाईले जानकारी दिनुभयो । विजेतालाई कार्यक्रमको प्रमुख अतिथि प्याव्सन रौतहटका सचिव लक्ष्मी कार्कीले शिल्ड, प्रमाणपत्र एवम् पदक वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले प्याव्सन सदैव विद्यार्थीहरूको पढाइ स“गस“गै अतिरिक्त क्षमतालाई उजागर गर्न लागिरहेको भन्दै यस्ताखाले प्रतियोगिताले विद्यार्थीहरूको समग्र क्षमता बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । बाल निकेतनका कार्यकारी निर्देशक एवम् प्याव्सन प्रदेश नम्बर २ का वरिष्ठ उपाध्यक्ष दिपक रेग्मीले बालबालिकाले पढाइ सँगसँगै अतिरिक्त कृयाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिदैँ प्याव्सनले सदैव विभिन्न कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरूलाई आप्mनो प्रतिभा देखाउन मंच उपलब्ध गराउँदै आएको जिकिर गर्नुभयो । विद्यालयका प्रिन्सिपल राज कुशहवाको सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा चन्द्रपुर प्याव्सन नगर कमिटीमा आवद्व ८ वटा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको शिक्षक सुजन तिमल्सिनाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles