मधानी महायज्ञ तथा सास्कृतिक महोत्सवको तयारी पुरा

मौलापुर,४ फागुन ।
रौतहटको मौलापुर स्थित पतौरमा हुन लागेको मधानी महायज्ञ तथा सा“स्कृतिक महोत्सवको तयारी पुरा भएको छ ।
बारा, रौतहटमा मनाइने मधानी सास्कृतीक पर्व लोप हुदै जान लागेकाले यसको प्रचार र यसलाइ प्रर्वधन गर्नका लागी महायज्ञ को आयोजना गर्न लागिएको हो ।
फागुन ६ गते राष्टपती बिधादेवी भण्डारीले सो महायज्ञमा बिशेष पुजा मा सहभागी हुने आयोजकले जनाएका छन । पशुपतीका पुजारी लगाएत ले महायज्ञमा पुजाआजा गर्ने छन ।
कर्नाटक कालिन शिवको मन्दिर फेला परेपछि सो स्थानमा महायज्ञ तथा महोत्सवको आयोजना गरीएको हो । मन्दिरको सौदर्यकरण , पुरातात्विक महादेव मन्दिर जाने बाटोको स्तरोन्नती, खानेपानी, दर्शनार्थिहरुका लागी बासको व्यवस्था, मन्दिर परिसरमा बिधुतीकरण, सिसिटीभी जडान , सभा स्थल, मेला स्थल र पुजाका लागी मन्डपहरु निमार्ण भएको मौलापुर नगरपालिका का मेयर रिनादेवी साहले जानकारी दिनुभयो । एतिहासिक , सास्कृतीक , धार्मीक पर्यटकहरु मधेशमा भित्राउने उदेश्यले पनि यो महोत्सव प्रभावकारी हुने आयोजकको भनाइ रहेको छ ।

करीव एक हजार बर्ष अघि निमार्ण भएको सो मन्दिरको प्रचार गर्ने तथा धार्मिक पर्यटक भित्राउने उदेश्यले महायज्ञ तथा महोत्सवको आयोजना गरीएको सांसद तथा पुर्वमन्त्री प्रभु साहको भनाइ छ ।
मन्दिरको इटा, मुर्ती , अन्य निमार्ण सामाग्री अध्ययन गर्दा कर्नाटक कालिन दरबार तथा मन्दिरहरु रहेको पाइएको पुरातत्व बिज्ञ गोपाल झाले बताएका छन ।
मन्दिर फेला परेपछि त्यहा रहेको घरहरु अन्यत्र सारिएको छ । सो मन्दिर क्षेत्र लाइ धार्मिक पर्यटनको रुपमा बिकास गर्ने योजना रहेको मौलापुर नगरपालिकाका प्रशासकिय अधिकृत सिकेन्द्र साह ले बताए । महायज्ञ तथा महोत्सवमा नेपालको बिभिन्न जिल्लाहरु तथा भारतको बिहार तथा उतर प्रदेश राज्यबाट हजारौ मानिस भित्रने प्रदेश सभा सदस्य कुन्दन कुश्वाहले बताउनु भयो ।
महोत्सवमा नेपाल तथा भारतका चर्चित कलाकारहरु सहभागी हुनेछन ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg