काठमाडौं / नेपाली कांग्रेसले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री बाँस्कोटाबीच भएको कमिसनको‘डिलिङ’को अडियो सार्वजनिक भएपछि कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल उनलाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको हो।
कांग्रेसले ठूलो रकमको अनियमितता भइरहेको अनुमानित विवरण यस अगाडि नै सार्वजनिक भएपनि स्वयम् सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक हुनु बलियो प्रमाण भएको उल्लेख गरेको छ।
सेक्युरिटी प्रिन्टिङ खरिद रोक्न लबिङ, ६० मिलियन युरो घोटाला हुन लागेको आरोप
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण सञ्चारमन्त्रीले कमिसन मागेको अडियोमा के छ
प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो हाम्रा कुरामार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ।’