जनज्योती मा.बिको अभिभावक भेला सोमबार सम्पन्न

चन्द्रपुर,१२ फागुन ।
रौतहटको चन्द्रपुरमा रहेको जनज्योती माध्यमिक विद्यालयको अभिभाबक भेला सोमबार सम्पन्न भएको छ । जनज्योति माध्यमिक विद्यालयको आफ्नै प्रांगणमा भएको भेलाको उद्दघाटन प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्दै सांसद तिमल्सिनाले शैक्षिक क्षेत्रको सुधार नभए सम्म समाज परिबर्तन असम्भब रहेको बताउनु भयो । शिक्षा क्षेत्रमा रौतहट जिल्ला निकै पछाडी परेको बताउनु हुदै उहा“ले यस विद्यालयको अभिभाबक भेलाले चयन गर्ने ब्यबस्थापक समिति चलायनमान र जागरुक हुनु पर्ने बताउनु भयो । उक्त भेलामा सहभागी हुनुभएका संबिधान सभा सदस्य देबेन्द्र पटेलले गरिब, दुखीको सन्तानले अध्यन गर्ने सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न जरुरी रहेको बताउनु भयो । सो भेला कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर भट्टराईले प्रगती र आर्थीक प्रतिबेदन २०७६ प्रस्तुत गर्नु भएको थिायो । साथै प्रदेश सभा सदस्य धनलाल ठोकरको प्रयासमा विद्यालयको उत्तर तर्फ साईकल स्टयाण्ड निर्माण र स्वच्छ खानेपानीको ब्यबस्था, चन्द्रपुर नगरपालिकाको ६ नम्बर वडा कार्यालय बाट एक थान कम्प्युटर, एक थान प्रिन्टर र पा“च थान सिसिटिभी क्यामेरा प्रदान लगायतका प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।


आर्थीक प्रगती प्रतिबेदनमा सरकारी अनुदान, विद्यार्थी शुल्क बाट आम्दानी, घर भाडा तथा जग्गा बाट आम्दानी सहित चन्दा कोठा सहयोग, बैक तथा नगद मौज्दात लाई विद्यालयले आयको रुपमा लिएको छ भने शिक्षक तथा कर्मचारी तलब भता खर्च, प्रशासनिक तथा बिद्यालय सञ्चालन खर्च, पेश्कि तथा सापटी, बिषेश तर्फ छात्राबास निर्माण तथा शिक्षक तलब तेस्रो चौमासिक निकासा श्रावण महिनाको भएकाले लागतलाई ब्यय तर्फ राखिएको छ । यस्तै अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति सर्बसम्मत चयन गरेको छ ।
सोमबार सम्पन्न भएको अभिभावक भेलाले चार सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिका संयोजक दिपेन्द्र कुमार मण्डलका अनुसार सर्बसम्मत चयन भएका चार सदस्यीय समितिमा देवराज कार्कि,राजकिशोर गुप्ता,बेलुमाया तामाङ् र उर्मिला गौतम रहेका छन् ।
यस्तै शिक्षक अभिभावक संघमा मदन पौडेल,गुल्सन खातुन र सम्झना बिक रहेका छन् । समितिको पुर्णता भने बाकि रहेको जन ज्योति माध्यामिक बिद्यालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles