रौतहटकी मृगौला पिडितलाई विद्यार्थीहरुको सहयोग

मकवानपुर । मृगौला पिडित सिमा चौधरीलाई मकवानपुर बहुमुखि क्याम्पसका विद्यार्थीहरुले सहयोग गरेका छन् ।
रौतहट चन्द्रनिगाहपुर बस्ने २९ वर्षीय चौधरीलाई क्याम्पसका विद्यार्थीहरुले ५ हजार १ सय ५० रुपैयाँ सहयोग गरेका हुन् ।
दुबै मृगौलाले काम गर्न छोडेपछि उनको हाल चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
आर्थिक अवस्था कमजोर भएकाले समपुर्ण विधार्थी मिलि सहयोग गरेको मकवानपुर बहुमुखि क्याम्पसका विद्यार्थी स्मृता दाहालले बताइन । मृगौला पिडितको आर्थिक अवस्था कमजोर भएकाले
समपुर्ण सहयोगी मनहरुलाई सहयोग गरिदिन समेत दाहाले अपिल गरिन् ।
उनको सहयोगका लागी बिहिबार मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको तर्फबाट सो रकम संकलन गरी क्याम्पसमै अध्ययनरत चन्द्रनिगाहपुरकी छात्रा स्मृता दाहाललाई रकम हस्तान्तरण गरिएको हो ।
अनेरास्वबियू मकवानपुर बहुमुखि क्याम्पस कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीकोे संयोजकत्तवमा सहयोग रकम संकलन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles