रौतहटमा मेयरप्रति उप—मेयरको सधैं गुनासो

गौर÷स्थानीय तह निर्वाचनका बेला राजदेवी नगरपालिकाकी अन्सु सिंहले सर्वसाधारणसंग थुप्रै वाचा गर्नुभएृको थियो । राजपाबाट उम्मेदवार बनेर घरदैलो गर्दा कसैको मन नदुखाउने, विकासका काममा कटिबद्ध हुने उहा“को प्रतिबद्धता थियो । उपमेयरमा निर्र्वािचत भएपछि ती वाचा पूरा गर्न नसकेकोमा उहा“ अहिले निराश हुनुभएको छ । आफ्नै नगरपालिकाका मेयरसित ‘टसल’ परेपछि प्रतिबद्धता पूरा गर्न नसकेको उहा“को भनाइ छ ।
निर्वाचन सकिएको दुई महिना नबित्दै मेयर धीरेन्द्र सिंहले अधिकांश निर्णय एकलौटी गरेको उहाँको आरोप छरु। त्यस्तो प्रवृत्तिको उहा“ले विरोध जनाउनुभयो । दुवैबीच बढेको द्वन्द्व जिल्ला प्रशासनसम्म पुगेपछि तत्कालीन सीडीओ किरण थापाले दुवैलाई राखेर समझदारी गराएका थिए । तर पनि उहाँहरूको मन भने मिल्न सकेको छैन । उपभोक्ता समिति गठनमा मेयरलेआफ्नो मान्छे राखेको भन्दै दुवैबीच मनमुटाव सुरु भएको हो । मेयरले गर्दा प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउ“दै उहा“ले पत्रकार सम्मेलनसमेत गर्नुभएको थियो । नगरपालिकामा औषधि खरिदमा अनियमितता भएको भन्दै उहाँले स्टोर कोठामै ताला पनि लगाउनुभएको थियो ।
गरुडा नगरपालिकाकी उपमेयर रंगिलादेवी जैसवालको पनि उस्तै गुनासो छ । कांग्रेसबाट निर्र्वािचत जैसवाल पनि जनतालाई झुक्याए जस्तो भएको बताउ“छिन । संविधानले दिएको अधिकारसमेत खोसेको भन्दै उहा“ले गरुडाका मेयर इन्नुराय यादवविरुद्ध पत्रकार सम्मेलन गर्नुभएको थियो । ‘उपमेयरको पदको पगरी लगाएर के गर्नु ?’ उहा“को अनुसार‘चुनौतीबीच काम गर्नुपरेको बताउनुभयो ।’ विकासे कामको अनुगमनमा मेयर यादवले एकलौटी गर्न थालेपछि विरोधमा उत्रेको उहा“ले बताउनुभयो
स्थानीय तह सेवा सञ्चालन तथा व्यवस्था सम्बन्धी आदेश २०७४ मा उपप्रमुखलाई सम्बन्धित कार्यपालिकाको न्यायिक समिति, योजना अनुगमन मूल्यांकन समिति, बजेट परामर्श समिति, विकास बजेट सिलिङ समितिलगायतमा संयोजकको जिम्मेवारी दिइएको छ । तर, मेयरले एकलौटी गरेर अधिकार प्रयोग गर्न नदिइएको महिला उपमेयरहरूको गुनासो छ । गरुडा नगरमा मेयर र उपमेयरबीचको विवादका कारण तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी सरुवा मागेर हिँडेका थिए । केही महिनाअघि इशनाथ नगरपालिकाका उपमेयर हुस्नआरा खातुनले मेयर सन्तोष मेहता र निमित्त प्रशासकीय प्रमुख नन्दकिशोर गुप्ता मिलेर कार्यपालिकालाई ‘बाइपास’ गरेको आरोप लगाउनुभयो । पत्रकार सम्मेलन गरेर उपमेयर खातुनले मधेसका महिलाहरू चुनौतीको सामना गरेर अघि बढिरहेको बताउनुभएको थियो । मेयर मेहताले बाटो निर्माणमा नातेदारलाई उपभोक्ता समितिमा राखेको, बिजुलीलगायत सामग्री खरिदमा अनियमितता हु“दा समेत सम्बन्धित निकायबाट छानबिन नगरेको उहाँले बताउनुभयो । मेयर मेहताले उपमेयर खातुनले लगाइएको आरोप गलत भएको दाबी गर्नुभयो ।
आफ्नो अधिकारसमेत प्रयोग गर्न नपाएको रौतहटका उपमेयरहरूले गुनासो गर्दै आएका छन । रौतहटमा १८ स्थानीय तह छन्रु। १७ स्थानीय तहको प्रमुखमा पुरुष र उपप्रमुखमा महिला छन । मौलापुर नगरपालिकामा मात्रै महिला प्रमुख पदमा छन ।स्थानीय तहभित्र सञ्चालन भएका विभिन्न योजनाको अन्तिम अनुगमन तथा भुक्तानीका लागि सिफारिस गर्ने अधिकार उपमेयरलाई दिइएको छरु। तर यो अधिकार पनि मेयरले प्रयोग गर्दैआएको उपमेयरको भनाइ छ । अधिकांश स्थानीय तहमा न्यायिक समिति गठन भए पनि इजलास स्थापना नगरिएको, विवादित उजुरी पर्दा मेयर आफैले तोक लगाएर उपमेयरको कामकाजमा हस्तक्षेप गरिरहेको जस्ता गम्भीर आरोप लाग्दै आएको छ ।
सामाजिक अभियन्ता एवम् शक्ति समूहको जिल्ला अध्यक्षसमेत रहेकी देवकी नेपालले महिलालाई नेतृत्व तहमा काम गर्न समस्या रहेको बताउनुभयो । गढीमाईका मेयर श्याम यादवले मधेशका महिला उपमेयरलाई सबैले सम्मान गरेको दाबी गर्नुभयो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg