चन्द्रोदयले मनायो १२ औ स्थापना दिबस

चन्द्रपुर÷चन्द्रपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औ स्थापना दिबस मनाएको छ । बिहिबार संस्थाको आफनै प्रांगणमा शुभकामना आदान प्रदान सहितको कार्यक्रम गरेर संस्थाले स्थापना दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाको सहकारी फा“टकी प्रमुख चन्द्रकला बरालले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।


उहा“ले सहकारी संस्थाहरुले शेयर सदस्यलाई सहकारीको बिषयमा बुझाउन जरुरी रहेको बताउनु भयो । सहकारीको नीयम र नीतिको पालन गर्नु सबै सहकारी संस्थाको दायित्व रहेको बताउ“दै सहकारीले धेरैको जीवन परिवर्तन गर्न मद्धत गरेको बताउनुभयो । कार्यक्रममा नेफस्कुन फिल्ड कार्यालय हरिऔनका बिभु पोखरेलले सबै सहकारी संस्थाले असोज मसान्त भित्र साधारण सभा गरिसक्नु पर्ने बताउनु भयो । उहा“ले सहकारी संस्थाहरु मर्जर प्रक्रियामा जान आबश्यक रहेको उहा“को भनाई थियो । चन्द्रपुर नगर सहकारी सञ्जालका संयोजक खडक बहादुर बम्जनले सहकारी मार्फत गरिबी निबारण गर्न सकिने भएकाले सहकारीले सोही दिशामा कार्य गर्नु पर्ने बताउनु भयो । यस्तै रौतहट बचत तथा ऋण सहकारी संघका महासचिब देब प्रसाद सापकोटाले नीति, प्रबिधी अनुरुप सहकारी चल्दै आएको बताउनु भयो । सोही कार्यक्रममा गुञ्जन एफएमका स्टेशन म्यानेजर सञ्जय कार्कीले संस्था स्थापना गर्दैमा सबै गरे“ भन्नुभन्दा संस्थालाई जोगाउने र प्रक्रियागत रुपमा संचालन गर्दै शेयर सदस्यहरुको जिविकोपार्जनमा मद्धत गर्नु ठुलो कुरा भएको बताउनुभयो । स्थापना दिबसको अबसरमा संस्थाका ब्यबस्थापक शुभनारायण चौधरी र सिनयिर बजार प्रतिनिधि सुमन राना मगर लाई सम्मानित गरिएको थियो । संस्थाका संचालक समिति सदस्य दिलिप सापकोटा र जानुका कार्की सापकोटाको १९ औं बैबाहिक बर्षगाठ समेत सोही दिबसमा मनाइएको छ । संस्थाका अध्यक्ष प्रकाश गहतराजको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन बसन्त आचार्यले गर्नु भएको थियो भने स्वागत मन्तब्य बासुदेब अधिकारीले राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles