मौलिक संस्कृतिको जगेर्ना तथा संरक्षणमा गएन ध्यान

चन्द्रपुर,१५ फागुन ।
आधुनिकतालाई अंगालेका युवापिढीले परम्परागत मौलिक संस्कृतिको जगेर्ना तथा संरक्षणमा ध्यान नदिएको कारण आफ्नो आ—आफ्ना जातीय पहिचान नै लोप हुने हो की भन्ने यहा“का जेष्ठ नागरिकहरुको चिन्ता छ ।
नया“ पुस्ताले आ—आफ्ना जातिका मौलिक परम्परा तथा संस्कृतिको संरक्षणमा यथोचित ध्यान नदिएकोले आ—आफ्ना जाति धर्म तथा संस्कृति पहिचान गराउने तराई मधेसको प्रचलित मौलिक नाच लोप हु“दै जा“दा समाजका जेष्ठ नागरिकमा चिन्ता बढेको हो ।
तराईका आदीवासी जनजाति मानिने थारु समुदायको प्रचलित एवं मौलिक मानिने झुमरा, झर्रा, फारवाही, बसाहा, सजनी बिरानी लगायतका नाच लोपोन्मुख अवस्थामा पुगेको छ । यसैगरी तराईवासीको पहिचान गराउने धोबी जातिको धोबिया, चमारको चमरवा, दुसाधको नेटवा, कोहरवा, यादव समुदायको लोरकाइन तथा सबै जातिका विवाह वा उत्सवमा नाचिने ठोकरबाजी लगायतका नाच समेत लोप हुँदै गएको जनज्योति माध्यमिक विद्यालय चन्द्रपुरका पूर्व प्रधानाध्यापक योगेन्द्रप्रसाद यादव बताउनु हुन्छ ।
रौतहटका थारु, यादव एवं दलित समुदायका नागरिकले जातीय पहिचानको प्रतिककोरुपमा रहेका आ(आफ्ना मौलिक नाचलाई कला एवं शारीरिक सुसंगठनको आधारकोरुपमा पनि लिने गर्छन् । जोखिम मोलेर आफुहरुले संस्कृतिको संबद्र्धन गर्न खोजेको तर नयाँ पुस्ताले त्यसको सिको समेत नगरेकोमा दुखः लागेको बताउनुहुन्छ फारवाही नाचका कलाकार जीवन चौधरी ।
आ–आफ्ना समुदाय संगै मिलेर गाउने तथा नाच्ने परम्पराले समाजमा सद्भाव र भाइचाराको सम्बन्ध समेत प्रगाढ बन्ने उहा“को अवधारणा छ ।
रौतहट लगायत बारा, पर्सा, सर्लाही लगायतका तराईको जिल्लामा समेत विभिन्न जातजातिको पहिचान गराउने परम्परागत मौलिक नाच लोप हु“दै गएको नेपाल सा“स्कृतिक संघ रौतहटका उपाध्यक्ष नवराज दहालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles