मंगलपुर,१५ फागुन ।
रौतहटमा मगर समुदायले आफ्नो ३८ औं स्थापना दिबस मनाएका छन् । बिहिबार चन्द्रपुर १ मंगलपुरमा मगर समुदायले आफ्नो स्थापना दिबस मनाएका हुन । दिबसकै अबसर पारेर नेपाल मगर संघ २ नम्बर प्रदेशस्तरीय कार्यक्रमसमेत मंगलपुरमा गरिएको थियो । दिबसको औपचारिक रुपमा उदघाटन गर्नुहुदै प्रदेश नम्बर २ का मुख्यमंन्त्रि लालबाबु राउतले मगर संघको स्थापना दिबस हेर्दा नेपाल बहुजाती, बहु सांस्कृतिक, बहुधार्मीक, र बहुपहिचान बोकेको राष्ट्र भएको बताउनुभयो । उहा“ले आफ्ना बिबिध पहिचानको लागि लडन पाउनु हामी सबैको नैसर्गीक
अधिकार भएको बताउनुहुंदै मगरको अधिकार र पहिचानको लागि दिनरात लड्दै आएका पदाधिकारी बाट जुन समस्या सुनियो त्यो भाबना लाई सम्बोधन गरेर अगाडी बढनु पर्ने अबस्था रहेको बताउनुभयो । नेपालको अबस्था हेर्दा गोर्खा राज्यको बिस्तार र परिबर्तनमा मगर समुदायले खेलेको भुमिका प्रंशसनिय रहेको बताउनु हु“दै मगर समुदायको बलमा पृथ्वीनारायण साहलाई गोर्खा राज्य बिस्तार गर्न सम्भब बनाएको बताउनु भयो । उहा“ले यो देशमा कुकुर र घोडाको नाममा सार्बजनिक बिदा दिने चलन रहेको भएपनि मगर संघको स्थापनाको नाममा बिदा नहुनु दुर्भाग्यपुर्ण रहेको बताउनुभयो । कार्यक्रममा संबिधान सभा सदस्य रामकुमार भट्टराई लगायतका अतिथिले मगर संघको स्थापनाको अबसरमा शुभकामना दिनु भएको थियो । नेपाल मगर संघ प्रदेशनम्बर २ का अध्यक्ष यमबहादुर खपांगी मगरको सभाध्यक्षमा भएको कार्यक्रममा मगरको नृत्य सहितको सा“स्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।