कार्यदलको सुझाव अनुसार एमसिसी ः प्रचण्ड

Newly unified CPN Maoist Centre Chariman Pushpa Kamal Dahal speaking after the unification of 10 Maoist parties, in Kathmandu, on Thursday, May 19, 2016. Photo: RSS

काठमाण्डौ÷नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सुझाव अनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी पारित हुने बताउनुभएको छ । सनिबार सिन्धुपाल्चोकको सुकुटेमा पत्रकारहरुसंग कुरा गर्दै प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताउनुभयो । नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध र अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै प्रचण्डले परिमार्जनका लागि सुझाव सहित अमेरिकी सरकारलाई आग्रह गर्ने बताउनुभयो । त्यसलाई स्वीकार नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने प्रचण्डको भनाइ थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg