उखु अभावका कारण सुगर मिल्स बन्द

गरुडा,१७ फागुन ।
भुक्तानी नपाएका कारण किसानले उखु नदिएपछि एक सुगर मिल बन्द भएको छ । उखुको अभावका कारण रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ ।
करोडौं रुपैया“ भुक्तानी दिन बाँकी रहेको उद्योगलाई रौतहटका उखु किसानले गत माघ २७ देखि सञ्चालनमा आएको उद्योगलाई उखु दिन नमानेपछि बन्द भएको हो । सबैभन्दा कम क्रसिङ गर्दै उद्योग बन्द भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले बताएका छन् ।२०५१ सालदेखि उखुको क्रसिङ थालेको उद्योगले चालू आर्थिक वर्षमा एक लाख क्वीन्टल पनि पु¥याउन सकेन । गत वर्ष करिब १५ लाख क्वीन्टल उखु क्रसिङ थालेको चिनीमिलले चालू सिजनमा मुस्किलले ७० हजार क्वीन्टल उखु क्रस गरेको छ । अढाई दशकभन्दा लामो समयावधिमा सबैभन्दा कम उखु पाएको वर्ष नै यही भएको संघका अध्यक्ष यादवले बताएका छन् ।उद्योगले किसानलाई समयमा उखुको मूल्य भुक्तानी गर्दैन । हरेक वर्ष भुक्तानी पाउन किसानले झमेला गर्नु परिरहेको थियो । अहिले पनि करोडौँ रुपैयाँ भुक्तानी पाउन बा“की रहेको किसानले चालू आर्थिक वर्षमा पनि उद्योगलाई उपलब्ध गराएको उखुको पैसा पाउन बा“की नै छ ।
किसानको उखु चाहिँ लिने तर पैसा चाहि“ दिनै नचाहने उद्योगको कारणले किसानमा निराशा आएको किसानहरुको भनाइ छ । चिनी मिलप्रति भुक्तानीको अविश्वासले गर्दा किसानले यसपालि उखु उपलब्ध नगराएको संघका सदस्य सफिन्द्र प्रसाद यादवको भनाइ छ ।
जिल्लाबाहिरका उद्योगहरुले रौतहटबाट अहिले पनि उखु किनेर लाने क्रम जारी छ । यसपालि समयमै उद्योगले भुक्तानी दिएमा अर्को वर्षदेखि फेरि किसानले पत्याउने वातावरण बन्ने सम्भावना रहेको यादवको भनाइ छ । समयमा उद्योग संचालनमा ल्याएको भए र किसानलाई भुक्तानी दिन उद्योगले आनाकानी नगरेको भए चालू आर्थिक वर्षमा पनि कम्तीमा दश लाख क्वीन्टल उखु उद्योगले पाउने निश्चित थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg