चन्द्रपुर/पुर्व पस्चिम रेल मार्गको बर्दिवास निजगढ खण्डको रौतहटको चन्द्रपुर ८ बेतौना स्थित मुअव्जा बिवाद हुदा निमार्णकार्य रोकिएकोमा जग्गाधनीहरु बिच सहमती भएको छ ।
उक्त बिषयमा शुक्रवार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरु , जनप्रतिनिधी र पिडित बिच छलफल भएको छ ।
मुअव्जा लिनका सजिलो बनाउन नापी तथा मालपोत कार्यालय र रेल्वे बिभाग को फिल्ड कार्यालय चैत्र २ गने देखी एक महिनाको लागी स्थापना गर्ने । जमिनमा परेको घर, रुख बिरुवाको अविलम्व मुल्याकान गर्न अनुरोध गर्ने । मागहरु पुरा भएकाले निमार्ण कार्यमा अवरोध नगर्ने निर्णय भएको छ । मुअव्जा पुर्नमुल्याकन समितीले सो क्षेत्रमा बाटो, कुलो र नहरको अवस्था हेरेर ५ लाख देखी ११ लाख सम्म मुल्य निधार्रण गरेको छ ।
शुक्रवार संघिय संसद देव प्रसाद तिमल्सेना, नेकपाका रौतहट इज्चार्ज युवराज भट्टराइ, रौतहटका सिडिओ बासुदेव घिमिरे, रेल बिभागका इन्जिनियर बोध भण्डारी, चन्द्रपुरका मेयर रामचन्द्र चौधरी तथा जग्गाधनी बिच छलफल भएको थियो ।
चार महिना देखि अवरुद्ध रहेको निर्माण कार्य सुरु गर्ने निर्णय भएको छ ।
मेची–महाकाली विद्युतीय रेल मार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डको चन्द्रपुर नपा ८ बेतौनाका स्थानीय जग्गाधनीहरुले मुआब्जा कम भएको भन्दै गत चार महिना देखि निर्माण कार्य रोकेर विभिन्न स्थानहरुमा विरोध जनाउदै मुआब्जा मूल्यांकन समितिले पुन ः मूल्यांकन गर्नुपर्ने अडान राखेका थिए ।
मुआब्जा मूल्यांकन समितिले गत फागनु २३ गते पुन मूल्यांकन गर्दा बाटोको हकमा प्रतिकठा ११ लाख, बाटो नभएको हकमा ८ लाख रुपैया“ र कुलो भएको जग्गाको हकमा प्रतिकठ्ठा ५ लाख तथा अन्यको हकमा प्रति कठ्ठा ४ लाख रुपैया“को दरले निर्णय भएको थियो ।