चन्द्रपुर,१ चैत ।
चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गंैडाटारस्थित कछडीया टोलमा किसानले लगाएको मकैको बोट पहेलो भएर सुकेर जान थालेपछि स्थानीय कृषक चिन्तामा परेका छन् ्रकिसान ले लगाएको मकैको घोगा र सुत्लो लागिरहेको अबस्थामा पहेलो रोग लागेर बोटै सुकेको र घोगा लागेको मकैमा समेत दाना नलाग्दा स्थानीय कृषक चिन्तामा परेका हुन् ्रअधिकाँस समयमा हाइब्रेट श्रेष्ठ जातको मकै लगाउदै आउदा यस्ता खालको रोग नलागेको र यसपाली सम्राट नामक हाइब्रेट जातको मकै लगाउदा मकैमा पहिलो पटक रोग लागेको किसान भनाइ छ ।
यसरी हाइ ब्रिड जातको सम्राट नामक मकै लगाउदा वडा नम्बर ३ को स्थानीय कृषक प्रमेस्वर गुरोको ३ का ,राम पुजन गुरोको ३ का ,कुमार आचार्यको १० का जग्गामा लगाएको मकैको बोटमा पहेलो भएर सुक्ने रोग लागेको हो ।
पुर्व नेकपा माओबादी लडाकु राम पुजन गुरो खर्चको अभाबमा प्यारालाइसिस को उपचार गर्न समेत नसकिरहेको अवस्थामा ३ कामा लगाएको मकै बिक्रि गरि उपचार गर्न जाने आशा समेत मरेको दुखेसो पोखेका छन् । अहिले आफुले ज्यानको आहुति दिएर जनयुद्ध लडेको पार्टी को बहुमतको संघिय सरकार र स्थानीय सरकार समेत रहेको अवस्थामा पनि कहिँ कतै बाट उपचार को पहल नभएको गुनासो समेत रहेकोछ ।
यस्तै अन्य कृषक भने मकै सुकेर जान थालेपछि मकै को बिउ को प्रति किल्लो ७०० तिरेर ल्याएको र बिउको पैसा समेत उकास्न नसक्ने अबस्थामा पुगेको बताउछन । मकै रोप्दा को बिउको पैसा समेत उपर नहुने भएपछी कृषि सम्बन्धित हेर्ने संघ संस्था र स्थानीय सरकार ले निरीक्षण गरि बालीनाली बिनास हुँदा नेपाल सरकार ले दिदै आएको अनुदान प्रति पहल गरियोस भनि स्थानीयले सहयोगको अपेक्षा गरेका छन् ।
गैडाटार को अन्य स्थानीय कृषक ले लगाएको श्रेष्ठ जातको हाइब्रिड मकैमा भने हालसम त्यस्तो केहि रोग देखा नपरेको स्थानीयको भनाइ छ ।