अबैध घरेलु मदिरा:उत्पादन र बिक्रि बितरण रोक्दै प्रहरी

चन्द्रपुर,५ चैत । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अबैध रुपमा संचालनमा रहेका घरेलु मदिरा भट्टी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिका वडा नं ४ टेकान टोलबाट अवैध रूपमा संचालन गरिएको २ (दुई) ओटा घरेलु मदिरा भट्टी नष्ट गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसी हेम बहादुर साहीले जानकारी दिए । ईलाकाको प्रहरी टोलीले उक्त तयारि अवस्थामा रहेको मदिरा ३ सय लिटर मदिरा, मदिरा बनाउन प्रयोग हुने ८ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको डीएसपी साहीले जानकारी दिए । प्रहरीले सिल्वर,पित्तल र पलाष्टिकको भाडाहरू समेत बरामद गरेको छ । पछिल्लो समय बिषाधियुक्त घरेलु मदिराको उत्पादन र बिक्रि बितरण बढेको जनगुनासो आएकाले ईलाका प्रहरी कार्यालयले अबैध रुपमा उत्पादन भईरहेको घरेलु मदिरा नियन्त्रणका लागी अभियाननै सुरु गरेको डीएसपी साहीले जानकारी दिए । घरेलु मदिराका कारण समाजमा नकारात्मक असर परेको र दुर्घटना समेत बढ्दै गएका कारण घरेलु मदिरा नियन्त्रणका लागि अभियानै चलाएको उनले बताए । जिल्लाको धेरै जसो स्थानमा घरेलु मदिरा चन्द्रपुरबाट जाने गरेको सूचना आफुले पाएको बताउ“दै अबका दिनमा अबैध रुपमा मदिरा उत्पादन गर्ने भट्टी तोडफोड गर्ने र बरामद मदिरा र कच्चा पदार्थ नष्ट गर्ने उनले सुनाए । बिभिन्न सवारी साधनमा राखेर अबैध मदिरा रौतहट सदरमुकाम गौरसम्म पुग्दै आएको छ । डीएसपी साहीले राजमार्गमा रहेका प्रहरी चौकीहरुलाई नियमित चेकजाच गर्न निर्देशन दिईसकेको बताए ।केही दिन अघिमात्र धनुषामा बिषाक्तयुक्त मदिरा सेवनका कारण दर्जन बढीको ज्यान गएको थियो । चन्द्रपुरको चुरेफेदीमा रहेका गा“उ,चन्द्रनिगाहपुर,बसन्तपुर,सन्तपुर र गुजरा नगरपाकिलाको कोठीयार,रंगपुर र कटानीमा धेरै घरेलु मदिरा उत्पादन हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles