बिप्लव समूहका रौतहट जिल्ला ईन्चार्ज र गार्ड पक्राउ

चैत्र ८, २०७६

सागर हुमागाई
रौतहट — रौतहट प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूका रौतहट जिल्ला इन्जार्च सहित २ जनालाई गए राति पक्राउ गरेको छ । शुक्रबार राति इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको टोलीले पेस्तोल, ग्रिनेड बम र अन्य दस्तावेजसहित दुई जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी हेमबहादुर शाहीको नेतृत्वमा गएको टोलीले चन्द्रपुर–३, महादेवडाडा अल्लाजोरबाट चन्द्रपुर–५ थलहीटोल घर भएका चन्द समूहका रौतहट जिल्ला इन्चार्ज कुमार भनिने मानबहादरु राई र बागलुङ ढोरपाटन नगरपालिका–२ बुर्तिवाङ का जगत भनिने कमल गुरुङ लाई पक्राउ गरेको हो । गुरुङ चन्द समूहको भ्रातृ संगठन नेपाल य्वा संघका जिल्ला अध्यक्ष हुन् ।
दुवैलाइ गोप्य सूचनाको आधारमा घेरा हालेर पक्राउ गरेको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी हेम शाहीले जानकारी दिए । उनीहरुबाट ग्रिनेड बम, एक थान पेस्तोल, त्यसमा लाग्ने गोली, मोबाइल ७ थान, केही सिमकार्ड, पार्टीको दस्तावेज बरामद गरिएको डीएसपी शाहीले बताए । उनीहरु रौतहटका जनप्रतिनिधिलाई चन्दा मागेर हैरान पार्ने एनसेल टावरमा आगजनी गर्ने जस्ता काममा सक्रिय हुँदै आएका थिए । डीएसपी शाहीले भने, ‘केही समयदेखि हामीले निगरानी र पिछा गर्दै आएका थियौं । उनीहरु मकवानपुरका सिममा लुकेर बसेको सूचना पाएपछि घेरा हालेर नियन्त्रणमा लिन सफल भयौं ।
पक्राउ परेकाहरुको बिषयमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक शाहीले बताउनु भयो । यस अघि सोही क्षेत्र बाट रौतहट जिल्ला सेक्रेटरी दिर्शना शाही र जिल्ला सदस्य दुर्गा बल लाई समेत ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles