रौतहट ७ चैत्र । नेपाली कांग्रेसका तत्कालिन सभापति एवम पूर्वप्रधानमन्त्री युग पुरुष गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा नेपाली काग्रँस रौतहट क्षेत्र नं. ४ ले सर्बसाधारणलाई जन चेतना तथा मास्क वितरण कार्यत्रमको सुरुवातगरेको छ । बिश्व भरी माहामारीको रुपमा फैलिएको नेभेल कोरोना भाइरसको संक्रमण बाट जोगाउन नेपाली काग्रेस क्षेत्रनम्बर ४ ले यो अभियान थालेको हो । कारोना भाईरसको त्रास बढीरहेका बेला बजारमा भएको मास्कको अभावलाई मध्यनजर गर्दै नेपाली काग्रेसले मास्क वितरण गरेको हो । कोरोना भाईरसबाट आफू पनि बचौ र अरुलाई पनि बचाऊ भन्ने अभियान अन्तर्गत चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा मास्क वितरण कार्यक्रम सुभारम्भ गरेको क्षेत्र नं. ४ प्रदेश क का क्षेत्रीय संयोजक नरेश लामीछानेले जानकारी दिनु भयो ।
नेपाली काग्रेसका महासमिति सदस्य मुकेश गिरिले राष्ट्रनै संकट र सन्त्रासपूर्ण अबस्थामा रहेको बेला सर्बसाधारण लाई मास्क बितरण गरेको बताउनु भयो । नागरिक सचेतना बढाउन थालिएको यो अभियानमा सर्बसाधारण लाई साबुन पानीले हातधुन लगाई मास्कको प्रयोग गर्न सिकाइएको हो ।
नेपाली काग्रेस चन्द्रपुर नगर समिति सचिब नीलहरी कोईरालाले वर्तमान अवस्थामा गिरिजावावुको सहमती, सहकार्य र एकताको अवधारणलाई सवैले अनुसरण गर्न सके कोरोनाको महामारीबाट जोगिन सकिने बताउनुभयो । यस्तो अवस्थामा सत्तापक्ष, प्रतिपक्ष लगायत सम्पुर्ण दल र नागरिकको एउटै स्वर र भावना हुनु आवश्यक रहेको नेपाली काग्रेस क्षेत्रनम्बर ४ को प्रदेश क का संयोजक नरेश लामिछानेलले बताउनु भयो । सो कार्यक्रममा नेपाली काग्रेस संग आस्था राख्ने नेता, कार्यकर्ताको बाक्लो उपश्थितीमा राजमार्गमा चल्ने सबारी साधनमा यात्रारत यात्रु सहित सर्बसाधारण लाई यो अभियानमा सहभागि गराइएको हो । यो अभियान क्षेत्र भरीनै संचालन गरिने नेपाली काग्रेसका नेता बिनोद गुप्तले बताउनु भयो ।