दैनिक उपभोग्य बस्तु पनि पाइने, दुरी पनि कायम हुने

१३ चैत, रौतहट । विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिन लागे पछिसरकारले मंगलबार देखी लकडाउनको घोषणा गर्दै सबैलाई आआफ्नो घरभित्र बस्न आग्रह गरेको छ । तर दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्नुपर्ने बाध्यता पनि छ । तरकारी, खाद्यान्न, औषधिलगायतका बस्तु किन्न पनि पर्नेछ, भिडभाडबाट बच्नु पनि पर्नेछ । रौतहटमा भने तरकारी पनि किन्न पाइने, दुई पनि कायम गर्ने उपाय निकालिएको छ । गौर नगरपालिकाले व्यवस्थित रुपमा तरकारीको हाट बजार सञ्चलानमा ल्याएको हो ।
नगरपालिका कार्यालयभन्दा पूर्व पट्टी रहेको तरकारी बजारलाई विक्रेता र क्रेताबीच तीन फिटको दुरी कायम गर्ने व्यवस्था मिलाइएको छ ।


‘दैनिक उपभोग्य तरकारीको सहज आपूर्ति र स्थानियको स्वास्थ्य दुवैलाइए ख्याल गर्दै निश्चित दुरी कायम गरिएको गौर नगरपालिकाका मेयर अजय गुप्ताले बताए । तरकारी बजारभित्र प्रवेश गर्नेलाई मास्क अनिवार्य गरिएको छ । तरकारी बिक्रेता र क्रेताबीच दुरी राखिएको छ । तयसमा सशस्त्र प्रहरी बलले सघाएको छ ।’
खरिदकर्ताबीच पनि दुरी कायम गर्न तीन फिटको अन्तर हुने गरी बर्गाकार घेरा बनाइएको छ । र, त्यही लाइनमा बसेर खरिद गर्नु पार्नेछ । यसरी तरकारी खरिद गर्दा सहज भएका कारण स्थानियहरु हर्षित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles