संकटको समयमा नागरिकलाई राहत बितरण गर्न नेता भट्टराईको निर्देशन

रौतहट। बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल लकडाउनमा छ। लकडाउनले मानिसहरुको आवातजावत हुन सकेको छैन भने दैनिक रोजगारी गरेर जीबिकोपार्जन गर्दै आएका समुदाय यसको मारमा परेका छन । घरबाट बाहिर निस्कन नपाएपछि दैनिक ज्यालादारी गर्न बाट बन्चित भएका अति बिपन्न समुदायका परिबारको अबस्था हेरेर आफना जनप्रतिनिधिहरु लाई राहत ( खाधन्य सामग्री ) बितरण गर्न नेकपा जिल्ला ईन्चार्ज युबराज भट्टराई ( समिर )ले  निर्देशन दिनु भएको छ । कोराना भाईरस नियन्त्रण गर्न सरकारले गएको ११ गते देशभरनै लकडाउन गरेपछि उधोग, कलकारखाना लगायत कृषि मजदुरी समेत हुन नसकेपछि दैनिक ज्यालादारी गरेर जीबिकोपार्जन गर्दै आएका अति बिपन्न समुदायका परिबार समस्यामा परेका छन । अन्य पार्टी बाट बिजयी भएका जनप्रतिनिधिहरु लाई समेत यस्तो बिपतको घडीमा संकटमा परेका आफना नागरिक लाई जोगाउन राहत बितरण कार्यमा लाग्न उहाले आग्रह गर्नु भएको छ । आफुले छनौट गरेका योजनाहरु संसोधन गरी बजेटको ब्यबस्था गरेर अति बिपन्न र दैनिक ज्यालादारी गर्ने समुदायको पहिचान गरी राहत बितरण गर्न नेकपाका जिल्ला ईन्चार्ज भट्टराईले आफना जनप्रतिनिधिहरु लाई निर्देशन दिनु भएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles