लागूऔषध मुद्दामा ईशनाथका मेयरलाई पक्राउ पुर्जी

रौतहट। रौतहटको ईशनाथ नगरपालिकाका मेयर लागुऔषध गाँजा मुद्दामा मुछिएका छन् । गाँजा मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी मकवानपुरले रौतहटको ईशनाथ नगरपालिकाका मेयर र उनका भाइलाई पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी सार्वजनिक गरेपछि आरोपित भागेका छन् । ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ मोहन मेहतालाई मकवानपुर प्रहरीले लागूऔषध गाँजाको मुद्दामा अनुसन्धानका लागि सोमबार जिल्ला प्रहरी रौतहटको नाममा पक्राउ पुर्जी पठाएको हो । आरोपी पक्राउ पर्न नपाउँदै प्रहरीले पत्र सार्वजनिक गरेको छ । मेयरका भाइ मोहन नेकपाका ईशनाथ नगर अध्यक्ष हुन् । उनीहरु दुबै सम्पर्कविहीन भइसकेका छन ् । लागूऔषध गाँजाको प्रतिवादी विनोद सहनीसमेत भएको मुद्दामा मकवानपुर जिल्ला अदालतले मेयर सन्तोष र उनका भाइ मोहनलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको हो ।
गत माघ ११ गते हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीस्थित इलाका प्रहरीबाट प्रहरी नायव निरीक्षक राजेशकुमार यादवको कमान्डमा खटेको टोलीले पूर्वपश्चिम लोकमार्गमा जाँच गर्ने क्रममा रौतहट ईशनाथ नगरपालिकास्थित डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र ६ पोकामा ३० किलो ६ सय ग्राम गाँजा र ९१ हजार नेपाली रुपैयाँ बरामद गरेको थिया े। गाँजासहितको एम्बुलेन्स मनहरीबाट हेटौंडातर्फ आउने क्रममा बाटोमा पक्राउ परेको हो ।
एम्बुलेन्स चालक डुमरिया गाउँका महम्मद खलिद, एम्बुलेन्समा सवार अशोककुमार र भारत बिहारको मोतीहारी जिल्ला बसन्तपुरका विनोद सहनीलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी मकवानपुरका प्रहरी निरीक्षक ललन कुर्मीले जनाए । ‘यही घटनामा अनुसन्धानाका लागि मेयर सन्तोष र उनका भाइ मोहनलाई पक्राउ गर्न पत्र पठाइएको हो,’उनले भने,‘पक्राउ परेकाहरुको बयानका आधारमा अनुसन्धान जारी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles