चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा निःशुल्क मास्क तथा साबुन बितरण गरिएको छ । कोरना भाइरसबाट सचेत रहन सर्वसाधारणलाई मास्क वितरण गरिएको वडाध्यक्ष बिष्णुप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै निःशुल्क मास्क तथा साबुन वितरण गरिएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो ।

वडाध्यक्ष र वडासदस्यहरुले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गर्नुभएको छ । चन्द्रपुर ७ मा १ हजार ३ सय २३ घरधुरी रहेका छन् । ती सबै घरधुरीमा बसोबास गर्ने १२ हजार ७२ वडाबासीहरुलाई मास्क तथा साबुन बितरण गरिएको वडाध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।


