रौतहटमा बैंकहरु दुई घण्टा सञ्चालन हुने

लकडाउनका कारण बन्द भएका बैंकहरु आजदेखि साताको तीन दिन दुई घण्टाका लागि सञ्चालनमा गरिने भएको छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म आइतवार, मंगलबार र बिहीबार बैंक सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
लकडाउनका कारण स्थानीयको आर्थिक अवस्था बिग्रिन थालेकोले हप्तामा तीन दिन व्यवस्थित रुपमा बैंक संचालन गर्न लगाउने निर्णय भएको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले बैंकहरुले प्रवेशद्वारमा अनिवार्य रुपमा सेनिटाइजरको व्यवस्था गर्ने, मास्क लगाएकालाई मात्रै प्रवेश दिने तथा एक पटकमा एक जनासँग मात्रै कारोबार हुने गरी दूरी निश्चित गर्न सबै बैंकलाई सूचित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles