लकडाउनमा पनि सामाजीक सेवामा खट्टिदै सापकोटा दम्पत्ति

रौतहट, २४ चैत

सरकारले कोरोना भाइरस (कोभिड–१९ को संक्रमण फैलिन नदिन देशैभर लकडाउनको घोषणा गरेको छ ।
लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षाकर्मीहरु बिभिन्न स्थानमा अहोरात्र खटिरहेका छन् । अन्य समयहरुमा भन्दा उनीहरुको ड्युटी गर्ने समय पनि बढेको छ । पर्याप्त सुरक्षा पहिरन र साधन विना नै सुरक्षाकर्मीहरु कोरोना विरुद्धको युद्धमा होमिएका छन् ।


सुरक्षाकर्मी स्वयमनै कोरोनाको संक्रमणको जोखिममा रहेका छन् । यसरी जनताको स्वास्थ्य सुरक्षाको लागि खटिरहेका सुरक्षाकर्मीलाई जनताले पनि साथ, सहयोग र धन्यवाद दिइरहेका छन् ।
रौतटह जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का सापकोटा दम्पत्तिले जनताको सुरक्षाको निम्ति खट्ने सुरक्षाकर्मीलाई निशुल्क लस्सी तथा खाजा खुवाएका छन् ।
दिलिप सापकोटा र जानुका कार्की सापकोटा दम्पत्तिले लकडाउन अवधिमा चन्द्रनिगाहपुर मेनचोकमा डिउटीमा खटिएका सुरक्षाकर्मीलाई लस्सी तथा खाजा खुवाएका हुन् । उनीहरुले सुरक्षाकर्मीलाई डियुटी गरेका स्थानमै गएर लस्सी खुवाएका छन् । सापकोटा दम्पत्तिले आफ्नो डेरीमा बोलाएर लस्सी खुवाएका छन् ।
दिनभरी लकडाउन पालना गर्न चैते घाममा खटिएका सुरक्षाकर्मीलाई चिसो लस्सी खुवाउने काम गरेको दिलिप सापकोटाको भनाइ छ । उहाँले हाम्रो स्वास्थ्यको सुरक्षाको लागि संक्रमणको जोखिम हुँदाहुँदै खटिनुभएका सुरक्षाकर्मी प्रति एक नागरिकले गर्नुपर्ने कर्तव्य पालना गरेको बताउँदै यसलाई लकडाउन अवधिभर जारी राख्ने जानकारी दिनुभयो ।
‘प्रहरी मेरो साथी’भन्ने भनाइलाई सार्थक बनाउन सानो भएपनि सुरक्षाकर्मीलाई सहयोग गर्न पाएकोमा निकै खुसीलागेको जानुका कार्की सापकोटाले बताए । चन्द्रनिगाहपुर चोकमा प्रणामी डेरी सञ्चालन गर्दै आउनु भएका दिलिप सापकोटा चन्द्रनिगाहपुर सिटी जेसिसका वर्ष २०२० का अध्यक्ष हुन् भने जानुका कार्की सापकोटा वर्ष २०१९ को उपाध्यक्ष भइसक्नु भएको छ ।


युवाहरुले बाँडे पानी र मास्क


यताचन्द्रपुरका युवाहरुले सुरक्षाकर्मीहरुलाई मास्क,पानी,सेनिटाइजर वितरण गरेका छन् । लगडाउन अवज्ञा गर्नेलाई नियन्त्रण गर्न विभिन्न ठाउँमा खटिएका सुरक्षाकर्मीहरुलाई पिउने पानी र मास्कको अभाव भएको महसुस गर्दै चन्द्रनिगाहपुर युवा समुहले उत्त सामग्री वितरण गरेका हुन् ।

दिनभरी विभिन्न ठाउँ मा खटिएको प्रहरी धेरैको सम्पर्कमा आउने भएकाले पिउने पानी समेतको अभाव भएकोले साथीहरु मिलेर यो कार्य गरेको स्थानीय युवा अभिषेक राना मगरको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles