रौतहट २६ चैत्र
लायन्स क्लव अफ चन्द्रनिगाहपुर रौतहटले सुरक्षाकर्मी तथा क्वारेन्टाइनमा रहेकाहरु लाइ कोरोना भाइसरबाट बच्नका लागी बिभिन्न सामाग्री सहयोग गरेको छ ।
मंगलवार ५५ कार्टुन पिउने पानी , २ सय थान सेनिटाइजर, २ सय तथा मेडिकल मास्क , एकसय पन्जा बितरण गरीएको लायन्स क्लव अफ चन्द्रनिगाहपुरकी अध्यक्ष निशा कोइरालाले जानकारी दिनु भएको छ ।
इलाका प्रहरी कार्यालयलाइ ८१ थान सेनिटाइजर, २० कार्टुन पानी , सशस्त्र प्रहरी सन्तपुर बेस लाइ ४४ थान सेनिटाइजर , १५ कार्टुन पानी , टाफिक प्रहरीलाइ २२ थान सेनिटाइजर, ५ कार्टुन पानी बितरण गरीएको छ । यस्तै क्लवले चन्द्रपुर ६ स्थित क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी तथा नेपाली सेना र क्वारेन्टाइनमा रहेकाहरुका लागी पानी, सेनिटाइजर, मास्क बितरण गरेको छ । लायन्स क्लव चन्द्रनिगाहपुरले चन्द्रपुरकका मेयर रामचन्द्र चौधरी लाइ समान हस्तान्तरण गरेको छ ।
सामाग्रीहरु बुझेपछि चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरीले चार वटा नपाले ५० लाख रुपैया सहयोग गरेको र क्वारेन्टाइनमा बस्नेहरु लाइ सवै सुबिधा उपलव्ध गराएको बताएका छन । बितरण कार्यक्रममा लायन्स क्लव का पदाधिकारीहरु , सुरक्षा निकायका प्रमुखहरु , जनप्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो .



