जेसिज द्धारा किटनाषक औषधी छर्न शुरु

रौतहट २७ चैत्र
चन्द्रनिगाहपुर सिटि जेसिजको अगुवाइमा पुर्वपस्चिम राजमार्गको चन्द्रपुर चौक क्षेत्र तथा गौर सडकको मोथीयाही पुल सम्म किटनाषक औधषी छर्किएको छ ।
रौतहटको चन्द्रपुर ४ र ५ को मुख्य चौक आसपासको राजमार्ग छेउ र गौर सडकको मोथीयाही पुल सम्म किटनाषक औधषी छर्नशुरु गरीएको चन्द्रनिगाहपुर सिटी जेसिजका अध्यक्ष दिलिप सापकोटाले जानकारी दिएका छन ।
रौतहट क्षेत्र नम्वर ४ का संघिय सांसद देवप्रसाद तिमल्सेनाले दुइ ड्रम किटनाषक औषधी सहयोग गरेको र बृन्दाबन नपाले छर्ने ट्याकी सहयोग गरेको चन्द्रनिगाहपुर सिटी जेसिजका बर्ष २०१९ का अध्यक्ष अनन्त अधिकारीले जानकारी दिए ।
पछिल्लो समय कोरोना भाइरसको त्रासमा रहेका स्थानिय लामखुट्टेको टोकाइ बाट समेत पिडित हुन थालेपछि जेसिजको पहलमा औषधी छिट्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles