भोलि र पर्सि काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय


काठमाडौं, चैत २७

सरकारले लक डाउनका कारण काठमाडौंमा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ। बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यका bबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो।
लक डाउनको बेला मानिसहरू हिँडेरै टाढा(टाढा आफ्नो गृहजिल्ला जाने गरेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो।
यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन। बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles