वन कार्यालयद्धारा वन क्षेत्रमा प्रवेश निषेध

चन्द्रपुर,७ बैशाख। डिभिजन वन कार्यालय,रौतहटले वन क्षेत्र प्रबेश निषेध गरेको छ । कोरोना भाईरस(कोभिड १९)को संक्रमण तिब् गतिमा बढ्दै गईरहेको कारण सम्पुर्ण देश नै बन्दाबन्दी(लकडाउन) रहेको अवस्थामा केही मानिसहरु अनाधिकृत रुपमा वन क्षेत्रमा प्रवेश गरी वनमा डढेलो लगाउने,वन्यजन्तु चोरी शिकार एवं वन पैदावारको चोरी निकासी गर्ने जस्ता वन अपराधका गतिबिधिहरु गर्दै आएको भनि जनगुनासो बढेको भन्दै वन क्षेत्रमा प्रबेश निषेध गरिएको वन अधिकृत बिनोद सिंहले जानकारी दिनुभयो । लकडाउनको अबधिभर यस डिभिजन वन कार्यालयको कार्यक्षेत्र भित्र रहेका राष्ट्रिय वन(सामुदायिक वन,साझेदारी वन,धार्मिक वन,सरकारद्धारा व्यवस्थित वन)क्षेत्रलाई सम्बद्ध सव—डिभिजन वन कार्यालय र समुहको समन्वयमा अत्यावश्यक कार्य तथा वन संरक्षणका गतिबिधि बाहेक अन्य क्रियाकलापहरु गर्न नपाउने गरी वन ऐन,२०७६ को दफा ९ बमोजिम वन प्रवेश निषेध गरिएको अधिकृत सिंहले जानकारी दिनुभयो । सूचनाको अवज्ञा गरी वन क्षेत्रमा आफुखुसी प्रवेश गरेको पाईएमा वन ऐन,२०७६ को दफा ५०(१)(ख) बमोजिम एक महिनासम्म कैद वा एक हजार रुपैंयासम्म जरिवाना वा दुबै सजाय हुने उहाँले जानकारी दिनुभयो । उहाँले सम्बद्ध सबै सव—डिभिजन वन कार्यालय एवं समुहहरुले लकडाउनको अबधिमा वन संरक्षण विशेष कार्ययोजना बनाई समन्वय र सहकार्यमा कार्यान्वयन गर्नु हुन र अन्य अत्यावश्यक कार्यको लागि बिना पास वन प्रवेश निषेधको व्यवस्था मिलाउन हुन समेत गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles