चन्द्रपुर,९ बैशाख । लकडाउनका कारण चितवन देखि चन्द्रनिगाहपुर सम्म हिडेर आएका चितवनको इट्टाभट्टामा काम गर्ने ६० जना मजदुर लाइ घर पुर्याउनका लागी सोमवार सहयोग गरीएको छ ।
चन्द्रपुर रौतहटमा जिफन्टको घटक युनियन यातायात मजदुर सङ्गठनले चन्द्रनिगाहपुरमा उनीहरुलाइ बिहान खाजा समेत खुवाएका छन ।
नेकपा का केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराइ भट्टराई र प्रदेश कमिट सदस्य उद्वव रेग्मिको समन्वयमा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइ ब्यवस्थापनमा उनीहरु लाइ घर पुर्याउनका लागी व्यवस्था गरीएको छ ।
चन्द्रपुर २ स्थित शहिदपार्क नजिकै बाट ६० जना मजदुरहरुलाइ घर पठाउन चन्द्रपुर २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ्ग अनेरास्वबियू की केन्द्रिय सदस्य आरती भण्डारी , यस्तै यातायातका मजदुरका अगुवा राजु परियार,नरराज आचार्य लगायतले सहयोग गरेका थिए ।


