मनकारी युवाद्घारा १५० भन्दा बढी श्रमिकहरुलाई राहत बितरण

चन्द्रपुर ०९ वैशाख/ नेपाल सरकारले कोरोनाभाइरस फैलन नदिन लकडाउन गरेको एक महिना पुग्न लागिसक्यो । यो लकडाउनले सबैभन्दा बढी मार्का दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई परेको छ । लकडाउनले कामकाज ठप्प हुँदा उनीहरु भोकभोकै पर्ने अवस्था सृजना भएको छ । स्थानियतहले राहत त वितरण गरेका छन् तर प्रमाण खुल्ने प्रमाण नहुँदा धेरैले राहत पाएका छैनन् ।


यसै कुरालाई ध्यानमा राखेर चन्द्रपुर नगरपालिकाका व्यवसायीहरुले १ सय ५० भन्दा बढी त्यस्ता घर परिवारलाई आफ्नो खर्चमा राहत बाडेका छन् । ती व्यवसायीहरुले रकम संकलन गरेर कागजपत्र नभएका र राहतबाट बञ्चित परिवारलाई राहतप्रदान गरेका हुन् । उनीहरुले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा वसोवास गर्ने कागजात नभएका विपन्न अनि दैनिक ज्यालादारी गर्नेहरुलाई राहत वितरण गरेका हुन् ।
प्रमाण खुल्ने कागजात नभएकाले राहत नभएका विपन्न अनि श्रमिकहरुलाई राहतवितरण गरिएको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा सदस्य कृष्ण खड्काले बताउनुभयो । ‘हामीले नगरपालिकाले नगरको वासिन्दा भएको प्रमाणपत्र नहुँदा राहत नपाएकाहरुलाई सबै साथीहरु मिलेर राहत बाडेकाहौँ’ खड्काले भन्नुभयो , ‘ राहत पाउनेहरुमा आफ्नो परिचय खुल्ने कागजात नभएका विपन्न श्रमिकहरु , चन्द्रपुर ४ मा डेरा लिएर बसेका मजदुरहरु रहेका छन् ।’ प्रति परिवारलाई १ बोरा चामल, २ किलो दाल, १ लिटर तेल, २ किलो आलु, १ पोका नुन र २ वटा सावुन वितरण गरिएको वडा सदस्य खड्काले जानकारी दिनुभयो ।


लकडाउनका कारण बिशेष गरि मजदुर प्रभावित भएकाले यस बेला सहयोगको आवश्यकता पर्ने भन्दै नगरको त्यस्ता परिवार खोजीखोजी राहत वितरण गरेको अर्का व्यापारी सन्तोष खरेलले बताउनुभयो । मानिसलाई गाह्रो परेको बेलामा मानिसलेनै सहयोग गर्नुपर्छ भन्दै केही मनकारी साथीहरु मिलेर केही रकम उठाएर सहयोग गरेको उहाँको भनाइ छ । ‘अहिले सबैलाई अप्ठ्यारो परेको छ’ उहाँले भन्नुभयो , ‘त्यहीभएर सबैलै सबैलाई सहयोग गर्नुपर्छ अनि यो विपद्को मिलेर सामाना गर्नु पर्छ ।’


सो राहतवितरण गर्ने समुहमा कृष्ण बहादुर खड्का, चन्द्रपुर चोकमा अवस्थित एक्स्ट्रा भेराईटी डिर्पामेन्ट, मनकामना हार्डवयर, सन्तोष खरेल, रोहित बास्तोला, गंगा खड्का, सहदेव खड्का, देबेन्द्र चौधरी, वरुण साह, पशुति त्रिपाठी, इश्वर श्रेष्ठ,ओम गीरी रहेका छन् । राहत पाएपछि बिपन्न परिवारका सदस्यहरु भने हर्षित भएका छन् । उनीहरुले भोकभोकै पर्नुपर्ने अवस्थामा पाएको राहतले आफुहरुलाई निकै खुसी लागेको बताउँदै राहत वितरण गर्ने मनकारी व्यक्तिहरुलाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles