रौतहट ,१० बैशाख । रौतहटको मौलापुर नगरपालिकामा घरायसी बिवाद भयपछि आमाले छोराछोरी सङै विष शेवन गरेकी छिन ।
बीस शेवन बाट आमा र छोरीको मृत्यु भैईसकेको छ भने छोराको उपचार भई रहेको छ ।
मौलापुर नगरपालिका १ का रामलाल महतो कोईरीकि ३५ बर्षिया श्रीमति सोनावती महतोले मंगलवार बेलुकी १४ बर्षिय छोरा दिपक महतो , ७ बर्षिया छोरी सोनि कुमारीलाई बिष शेवन गराई आफू पनि शेवन गरेको प्रहरीले जनाएको छ । बिष शेवन पछि अवस्था गम्भिर भएपछि तिनैजना लाई मौलापुरको एक निजिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि एम्बुलेन्स बाट गएराती नेशनल मेडिकल कलेज बिरगंज पठाईएको थियो । सोनावती महतोको उपचारको क्रममा राति र छोरीको आज बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका स ई आमोद प्रसाद यादवले जानकारी दिए । छोरा दिपक महतोको उपचार भैइरहेको र अवस्थामा सुधार भैइरहेको स ई यादवले जानकारी दिएका छन । मृतक दुबैजनाको शव पोष्टमार्टम भैइ घटनाको अनुसन्धान भैईरहेको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।


