रौतहट ११ बैसाख
प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेश २ का बिभिन्न प्रहरी युनिटमा कार्यरत १२ जना प्रहरी अधिकृतहरु लाई पुरस्कृत गरेको छ ।
सुम्पिएको जिम्मेवारी उच्च व्यवसायीक कार्यकुशलता पुर्वक निर्वाह गरेको भन्दै पुरस्कृत गरेको प्रदेश प्रहरी कार्यालय ले जनाएको छ ।
रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीको नेतृत्वमा, बिप्लव समुहको रौतहट जिल्ला सेक्रटरी दिर्शना कुमारी शाही र जिल्ला सस्दय दुर्गा बहादुर बल विभिन्न दस्ताबेज सहित पक्राउ गरेको यस्तै बिप्लव समूहका रौतहट जिल्ला इन्चार्ज कुमार राई सो समुहका भातृ संगठन नेपाल युवा संघ रौतहटको जिल्ला अध्यक्ष छम बहादुर गुरूङलाइ प्लास्टिक हेण्डग्रिनेट १ थान,नल कटुवा पेस्तोल १ थान, राउण्ड २ थान तथा विभिन्न दस्तावेज सहित पक्राउ गरेको र शान्ति सुरक्षामा उल्लेख्निय काम गरेको भन्दै अभिलोख मा जनिने गरी नगद १४ सय सहित पुरस्कृत गरीएको छ ।
यस्तै प्रदेश प्रहरी कार्यालयका एसपी जयराज सापकोटा, जिल्ल प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्का,जिल्ल प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारी, धनुषाका एसपी रमेश कुमार बस्नेत , प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका एसपी श्याम कुमार महत्तो , बारा का एसपी कृष्ण प्रसाद पगेनी,महोत्ररुकिा डिएसपी माधव प्रसाद बुढाथोकी ,बाराका डिएसपी गौतम मिश्र,इलाका प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरी,प्रदेश प्रहरी कार्यालय अन्वेषण योजनाका प्रहरी निरिक्षक तिलक बहादुर सुनार सोही कार्यालयका प्रहरी निरिक्षक उमेशमान अमात्य, प्रदेश २ प्रहरी कार्यालय संचार शाखाका प्रहरी निरिक्षक जोत नारायण राय यादव समेत पुरस्कृत भएका छन ।
अन्य प्रहरी कर्मचारीलाइ समेत हौसल्ला, र उत्पेरणा प्रदान गर्ने उदेश्यले पुरस्कृत गरीएको प्रदेश प्रहरी कार्यालय जनकपुरका डिआइजी प्रधुम्न कुमार कार्कीले जानकारी दिएका छन ।


