सागर हुमागाई
काठमाडौं ११ । नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना डिएसपीलाई एसपीमा बढुवामा सिफारिस गरेको छ । बुधबार मध्यरात सम्म बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । डीएसपीबाट एसपीमा बढुवा हुनेहरुमा इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर रौतहटको प्रमुख भई शान्ति सुरक्षा कायम राख्न सफल भएका प्रहरी नायब उपरिक्षक शान्तिराज कोइराला प्रहरी उपरिक्षका लागी बढुवामा सिफरिस भएका छन् । कोइरालाले मिति २०७४ मंसिर १ गते देखी ०७५ भाद्र ५ गते सम्म इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा प्रमुख भई कार्यलय सम्हालेका थिए ।
कोईराला आए देखी नै घरेलु र सामाजिक हिसां, मदिरा उत्पादनमा निउनिकरण र शान्ति सुरक्षा कायम राख्न सफल भएका डीएसपी हुन् ।
यस्तै कोईराला संगै डीएसपीबाट एसपीमा बढुवा हुनेहरुमा, तुलबहादुर कार्की, प्रभु ढकाल ,होबिन्द्र बोगटी, बेद विष्ट, राकेश सिंह, राजिबबहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिंंह राठौर, शिवकुमार श्रेष्ठ, संजज सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, , सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रबिण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला रहेका छन्।