गरुडा,१५ बैसाख। रौतहटका पत्रकारहरुले आफुहरुका लागि आएको राहत अनाथालयलाई सहयोग गरेका छन । राहतमा पाएको गरुडास्थित बंशिराम अनाथालयलाई सहयोग गरिएको नेपाल पत्रकार महासंघ,रौतहट शाखाका कोषाध्यक्ष रमेश तिमलसिनाले बताउनुभयो ।

जिल्लाको इशनाथ नपाले पत्रकारहरुका लागी उपलव्ध गराएको राहात रौतहटका करीव १५ जना पत्रकारहरुले अनाथालयका बालबालिहरुकाहरुलाइ सहयोग गरेको तिमलसिनाले जानकारी दिनुभयो ।

राहतमा चामल २५ किलोका दरले १५ बोरा , दाल करीव ३० किलो , नुन, खानेतेल , तुथपेष्ट सहयोग गरीएको नेपाल पत्रकार महासघ रौतहटका सचिव गौतम श्रेष्ठले जानकारी दिनुभयो ।


