चन्द्रपुर,२५ बैसाख। रौतहटको चन्द्रपुर नगरपालिका ७ नम्बर वडाको नयाँबस्तीको दुई पक्ष बिच झडप भएको छ । लकडाउनको समयमा पुरानो रिसिईबीका कारण झडप भएको स्थानीयले बताएका छन् । झडपका कारण ८ जना घाईते भईसकेका छन् भने घाईतेको संख्या बढ्न सक्ने स्थानीयको भनाई छ ।
नयाँबस्तीमा बसोबास गर्न सहनी पक्ष र महतो पक्षबिच झडप भएको ईलाका प्रहरि कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
झडपमा सहनी पक्षका ३ जना र महतो पक्षका ५ जना घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको हात,टाउको र शरीरका अन्य भागमा चोट लागेका कारण चन्द्रपुर स्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचार भईरहेको छ ।

भाईते हुनेहरुमा सहनी पक्षका ७० बर्षीय अनुप सहनी,४० बर्षका राधे सहनी र ७० बर्षकी फुलकुमारी देबी रहेका छन् भने महतो पक्षका ४५ बर्षीय मुखा महतो,३९ बर्षका रामेश्वर राय यादब,३० बर्षका राजेन्द्र महतो,७५ बर्षकी अनिया देबी र २० बर्षी अञ्जली महतो रहेको प्रहरीले जनाएको छ ।
४ महिना अघिको झगडालाई लिएर आज पुनः दुई पक्षबिच झडप भएको स्थानीयले बताएका छन्।

झडप भएको स्थानमा नेपाल प्रहरी,शसस्त्र प्रहरी परिचालन गरिएको र स्थिती नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी हेम बहादुर शाहीले जानकारी दिनुभयो । घट्ना कसरी रकिन घटेको भन्ने बारेमा अनुसन्धान भईरहेको डिएसपी शाहीले जानकारी दिनुभयो ।


