नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण,कुल १९१ पुग्यो
वैशाख ३०
३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।
थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । ५७ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोरोना संक्रमणको सख्या १९१ पुगेको छ ।



