बिपन्न परिवारको घाउमा मलम लगाउदै समाज सेवामा समर्पित युवाहरु

चन्द्रपुर /जेठ १०
कोरोना भाइरस अर्थात कोभिड १९ का कारण देश भरीनै लकडाउन गरीएको छ । लकडाउनका कारण दैनिक ज्याला मजदुर गरेर जिविकापार्जन गर्दै अएकालाई प्रतयक्ष रुपमा असर गरेको छ । दैनिक ज्याला मजदुर गर्ने गरिब बिपन्न घर परिबार भोकै बस्नु नपरोस भनि “समाज सेवामा समर्पित युवाहरु“को पहल मा दैनिक उपभोग गर्ने रासन(चामल,तेल,नुन मसला सोयाबिन) बितरण गर्दै अएका छन् ।


बैशाख २० गते देखि सुरु भएको यो अभियानमा १०० घर धुरी परिवारलाई चामल,तेल,नुन मसला र सोयाबिन बितरण गरेको सामाजिक अभियन्ता बसन्त आचार्यले जानकारी दिनु भयो ।
उत्त अभियान चन्द्रपुर ६ मा रहेको “समाज सेवामा समर्पित युवाहरु“को पहल मा गरिएको र यसको अभियान्ता बसन्त आचार्य, बलिराम चौधरी र अन्य सदस्य मा दिनेश अधिकारी,रुपक परियार,चन्दन कार्की,प्रमोद श्रेष्ठ ,अशोक चौधरी,रंजन कार्की ,लगायत का युवाको प्रयासमा यो अभियान थलिएको हो । टोल छिमेकमा,वडा वासी र अन्य वडामा रहेका मनकारी मानिसको सहयोगमा रासन बितरण कार्य मा निरण्तर लागेको अभियन्ता बलिराम चौधरी बताउछन् ।

यो बिषम परिस्थिति मा कोहि भोकै छटपटाउनु नपरोस भनेर थालेको अभियान लाई सहयोग गर्ने ती मनकारी मानवकोसहयोग बाट यो कार्य सफल भएको अभियन्ताहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles