रौतहट । रौतहटमा ३ बालबालिका सहित २२ जना कोरोना भाइरस संक्रमितको सख्या थपिएको छ । यो सहित रौतहटमा कोरोना भाइरसको संक्रमितको संख्या ६९ पुगेको छ । मंगलबार पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका रहेका छन् ।
गौर नगरपालिकामा ७ देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जना र अन्य स्थानिय तहमा गरी २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले जानकारी दिएका छन ।संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको प्रजिअ घिमिरेले बताए ।
भारतका बिभिन्न शहरबाट काम गरेर आएका उनीहरु सबैलाई सिमा नाकाबाट सिधै क्वारेन्टिनमा लिएर राखिएको थियो । हिजो सोमबार मात्रै राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित पुष्टि भएका थिए । यस अघिका संक्रमितहरुलाइलाइ गौर स्थीत नर्सिङ इन्स्च्युट आइसुलेसन र राजपुर आइसुलेसनमा राखेर उपचार गरिदै आएको छ ।


