काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७७, ०७८ को बजेट प्रस्तुत गर्दैछ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सांसदहरुलाई अर्थमन्त्रीले प्रस्तुत गर्नुअघि बैठककक्षमा प्रवेश अनुरोध गर्नुभएको छ ।
अर्थमन्त्रीले बजेट प्रस्तुत गरे लगत्तै प्रतिनिधिसभाको अर्को बैठक साँझ ६ बजे बस्ने नै बस्ने संसद सचिवालयले जनाएको छ ।


