काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढ्दै जाँदा सरकारसँग परीक्षणका लागि अति आवश्यक मानिने पिसीआर किट अभाव हुने देखिएको छ । पीसीआर कीटको मौज्दात अत्यन्त न्यून रहेको पाइएको हो। स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पिसीआर किट मात्रै मौज्दात छ । संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै १ हजार ५ सय केसलाई आधार मानेर किटलगायत स्वास्थ्य सामग्री खरिद गरेको थियो ।
१ लाख २८ हजार पिसीआर किट प्राप्त भएकोमा ७८ हजार किट वितरण गरिएको छ । थप एक लाख ७५ हजार पिसीआर किट खरिद प्रक्रिया अघि बढाइएको छ ।






