यस्तो छ आजको मौसम पूर्वानुमान

काठमान्डौ,२५ जेठ । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाका अनुसार आइतबार नेपालमा स्थानीय वायु, पश्चिमी  वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको  प्रभाव  रहेको छ । यसैगरी, हाल देशको प्रदेश ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहेको छ भने प्रदेश २ तथा  प्रदेश १ र सुदुर पश्चिम प्रदेशको तराई भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

साथै गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका  एक वा दुई स्थानमा हल्का बर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा आइतबार दिउँसो देशका धरैजसो स्थानमा सामान्य बदली  रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का  एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै, राति  वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकी प्रदेशमा आंशिक बदली रहनेछ  । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुइ स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles