नुनथर बिकास समितिद्वारा स्वास्थ्य सामग्री सहयोग

चन्द्रपुर,२९ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका १ मा रहेको पर्यटकीय स्थल नुनथरको प्रबर्द्धन र बिकासका लागि गठित समितीले स्वास्थ्य सामग्री सहयोग गरेको छ । समितीले बिहिबार नुनथरमा स्वास्थकर्मी,सन्चारकर्मी र सुरक्षाकर्मीलाई मास्क तथा स्यानिटाइजर वितरण गरेको हो । समितिका अध्यक्ष तथा सभासद रामकुमार भट्टराईले कोरोना महामारिको समयमा अग्र पंक्तिमा रहेर काम गरिरहेका स्वास्थकर्मी,सन्चारकर्मी र सुरक्षाकर्मी को हौसला बढाउन समितिले सहयोग गरेको बताउनुभयो । रौतहटका बरिस्ठ सन्चारकर्मी शिव पुरिले कोरोना महामारिको समयमा समितीले स्वास्थ सामग्री सहयोग गरेकोमा समितीलाई धन्यबाद दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles