गौर,११ असार। रौतहटका १० वटा स्थानियतह हरुले बुधवार एकैदिन नगरसभा गरेका छन। जिल्लाको १८ स्थानिय तहमध्ये ८ नगरपालिका र २ गाँउपालिका गरी १० वटा स्थानियतहको बार्षिक निति तथा कार्यक्रम र बजेट बक्तब्य प्रस्तुत भएको हो । जिल्लाको मौलापुर,गौर,चन्द्रपुर, राजपुर,परोहा,गढीमाई,बृन्दाबन,माधवनारायण नगरपालिका को नगरसभा छुुटाछुटै कार्यक्रमका बिच सम्पन्न भएको छ । त्यसैगरी दुुर्गाभगवती र यमुनामाई गाउपालिकाको पनी बुधवार नै गाँउसभा सम्पन्न भएको जिल्ला समन्वय समितिका उपसभापती रामबशिष्ट यादवले जानकारी दिनुभयो। स्थानिय तहहरुले कोरोना भाईरसको प्रभावलाई दृष्टीगत गर्दै आआफनो बार्षिक बजेट प्रस्तुत गरेका छन ।
बुधवार सम्पन्न नगरसभाको उदघाटनसत्र पछी बन्दसत्र भने कसैको आज र कसैको भोलि शुक्रवार देखी सुरुहुने जनाईएको छ ।
जिल्लाको कटहरिया,फतुवा बिजयपुर,गुजरा,बौधीमाई देवाही गोनाही लगायत ८ वटा नगरपालिकाको नगरसभा हुन बाँकी छ ।


