रौतहटको वृन्दावन नगरपालिकाद्धारा ट्राफिक प्रहरीलाई होडिङ्ग बोर्ड प्रदान

रौतहट, १० असार/रौतहटको वृन्दावन नगरपालिकाद्धारा सडक दुर्घटना न्यूणीकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई होडिङ्ग बोर्ड प्रदान गरेको छ । ट्राफिक नियम सम्बन्धि सुचना र जानकारी दिने उद्धेश्यले सचेतनामूलक सन्देश सहितको २५ वटा बोर्ड वृन्दावन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक शैलेस न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो ।

ट्राफिक संकेत र सुचनाको अभावमा सडक दुर्घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै वृन्दावन नगरपालिकाले सही सुचना प्रदान गर्दै दुर्घटना न्यूणीकरण गर्न मद्धत पुगोस् भन्ने उद्धेश्यले ट्राफिक प्रहरीलाई बोर्ड प्रदान गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत यादवले बताउनुभयो । सडक दुर्घटना न्यूणीकरण तथा ट्राफिक नियमको पालना गर्ने_गराउने जिम्मेवारी ट्राफिक प्रहरीको मात्र नभइ स्थानिय निकाय एवम् हरेक नागरिकको भएकाले सोही जिम्मेवारी अन्र्तगत यो बोर्ड हस्तान्तरण गरिएको बताउनुभयो । दुर्घटना न्यूणीकरण मुलक ट्राफिक सन्देशहरुले सवारीचालक तथा पैदल यात्रुमा सचेतना जगाउने भएकाले यस्ता बोर्डहरु महत्वपूर्ण रहेको जिल्ला ट्राफिक प्रमुख न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सो बोर्डहरु वृन्दावन नगरपालिका अन्र्तगत पर्ने विरेन्द्र राजमार्ग तथा ग्रामिण सडकका विभिन्न स्थानहरुमा गाडिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles